अहिले लोसपा नेपालको काम कसरी चलिरहेको छ ?
हामी अहिले महाधिवेशनको तयारीमा छौं । आगामी वैशाख २६ गते केन्द्रीय महाधिवेशन हुन लागेको छ । त्यसै क्रममा हामी सदस्यता वितरण कार्यक्रम अन्तीम चरणमा गरिरहेका छौं । हामी जिल्ला दौडाहामा छौं । आसन्न महाधिवेशनका लागि निर्वाचन निर्देशिका पनि ल्याउँदै छौं । सबै शक्ति पार्टी तहतप्काका नेताहरू महाधिवेशन सफल बनाउनका लागि जिल्ला जिल्लामा खटिरहेका छन् । केन्द्रीय पदाधिकारी समितिका साथीहरूलाई प्रतिनिधि सभा निर्वाचन क्षेत्रलाई आधार मानी प्रत्येक क्षेत्रमा एकजना केन्द्रीय प्रतिनिधि पनि पठाएका छौं ।
पार्टीबाट ठूलो संख्यामा बाहिरिने नेता–कार्यकर्ता क्रम जारी छ । यसको मुख्य कारण के हुनुसक्छ ?
तपाईंसँग सूचनाको अभाव छ जस्तो लाग्छ मलाई । लोसपा नेपालबाट बाहिरिएका छैनन् । तपाईंले हाम्रो पार्टीको पृष्ठभूमीलाई सम्झिनुपर्छ । तपाईंको इशारा केही एक÷दुईजना साथीहरू बाहिर जानुभएको छ भन्ने होला । विगतमा वहाँहरूले छुट्टै पार्टी चलाउनुभएको थियो । वहाँहरू जानुभएको छ । राष्ट्रिय जनता पार्टी बनाउँदा मधेश केन्द्रीत राजनीति गर्ने छ वटा पार्टी एक ठाउँमा भएका थियौं । त्यसपछि हामिले जसपा निर्माण ग¥यौं । त्यसमध्येका केही साथीहरू विगतमा पनि छुट्टै पार्टी चलाएर, अभ्यास गरेर आएका थिए । तपाईंको इशारा त्यसमध्ये एक÷दुईजना बाहिरिएका छन् । नेताहरू मात्र गएका छन् । मूल पार्टीको कार्यकर्ताहरू हामीसँगै छन् । एक÷दुईजना पात्रहरू फेरिएका छन् । सिंगो संगठन लोसपा अध्यक्ष महन्थ ठाकुरको नेतृत्वमा छौं । लोसपा नेपालबाट जानेभन्दा पनि अन्य पार्टीबाट आउनेहरूको संख्या उल्लेख्य छ । मधेशको नाममा दल खोल्ने, राजनीति गर्ने र पारिवारिक पृष्ठभूमीको नाममा समय व्यथित गर्ने र केन्द्रमा मन्त्री बन्नकै लागि मात्र पार्टी विभाजन गर्ने किशिमको जुन वातावरण बन्यो, त्यसबाट आजित भएका मानिसहरू आज लोसपाका मुर्धन्य नेता महन्थ ठाकुरको नेतृत्वमा उन्नाइस वर्षदेखि लोकतन्त्रका लागि युवा नेतृत्वको आकर्षण हाम्रो पार्टीमा रहेको छ ।
तपाईंको भूमिका पहिले जुन रुपमा थियो, अहिले देखिएन नि ?
अहिले गम्भीर रुपमा पार्टीमा काम गर्नुपर्ने छ । अहिले लोकतान्त्रिक केन्द्रीय महासचिवको भूमिकामा छु । मलाईं के लाग्छ भने म अलिक गम्भीर ढंगमा काम गरिराखेको छु । पपुलर नारामा रहने भन्दा पनि लोसपा महन्थ ठाकुरको तेतृत्वमा रहेको हुनाले अहिले वहाँकै नेतृत्वमा रहेर पार्टीको महाधिवेशन गर्ने, त्यसको सांगठनिक संरचनालाई चुस्त–दुरुस्त गर्नुपर्ने आवश्यकता छ । राजनीतिक मागहरू, दर्शनहरू निर्माण गर्नुपर्ने छ । कतिपय एजेन्डाहरू निर्माण गर्नुपर्ने जरुरी छ । त्यसका लागि म अलिक गम्भीर भएर लागेको छु । त्यसैले मेरोे भूमिका कम रहेको म ठान्दिनँ ।
एकता र सहकार्यको कुरा गर्नुभएको थ्रेसहोल्डको डरले त होइन कतै ?
हाम्रो पार्टीले प्राविधिक कारणले मात्र थ्रेसहोल्ड नकाटेको मात्र हो । लोसपा नेपालमा थ्रेसहोल्ड समस्या होइन । सवाल के हो भने यो देशमा अहिले संघीय लोकतान्त्रिक, गणतान्त्रिक संविधान छ । त्यसको मूल मर्म दुईवटा विषयलाई मान्नुपर्छ । एउटा हो, बहुलवाद । अर्को हो वहुदलीय प्रणाली । त्यसको मर्मलाई नै प्रहार हुने गरि अहिले मुख्यतया संगठनभन्दा पनि नेकपा एमालेका एक÷दुईजना नेताहरूले बोल्न थालेका छन्, त्यो पार्टीको निर्णय होइन । दुई पार्टी सिस्टममा जानुपर्छ, थ्रेसहोल्ड बढाउनुपर्छ । त्यो कोणबाट कहिले काँही सुनिन्छ, त्यो सुन्दा चाँही हामीलाई के लाग्छ भने नेपाल बहुजातीय, बहुभाषीक, बहुसांस्कृतिक, बहुराजनीतिक, बहुधार्मिक देश हो । बहुराजनीतिको सन्दर्भमा नेपालको राम्रो पक्ष भनेकै विविधता भएको समाज हो । विविधता भएको समाजको आवश्यकताको लागि राष्ट्रिय रुपमा ल्याउनको लागि पार्टी त्यसको माध्यम हुनसक्छ । थ्रेसहोल्ड बढाइदिएर निषेधका राजनीतिमा गएको अवस्थामा संविधानको मर्ममा प्रहार हुन्छ । त्यस्तो हामीले गर्नुहुँदैन । नेपाली जनताले २००७ सालदेखि रगत बगाएर कयौंको संख्यामा सहादत भएर आज हामीले यो शासन व्यवस्था प्राप्त गरेका छौं । मलाई के लाग्छ भने, थ्रेसहोल्ड बढाइदिएर अहिलेको नेतृत्वको असक्षमतालाई ढाकछोप गर्ने प्रयत्न गरिंदैछ । त्यो चाँही राम्रो विषय होइन । आज नेकपा एमाले सात टुक्रामा विभाजित छ । यो समस्या थ्रेसहोल्डले ल्याएको होइन । पद्धतीले त्यो समस्या ल्याएको हो । स्थायित्वको नाममा थ्रेसहोल्ड बढाइदिएर के यो कल्पना गर्नु जनतालाई ठग्ने काम भइरहेको छ । त्यसको हामीले विरोध गरेका छौं । बहुलवाद र संसदीय प्रणाली संविधानको मर्म हो । त्यसलाई हामीले रगत बगाएर ल्याएका हौं । हाम्रो संघर्षबाट आएको हो । यसको संरक्षणको लागि हामी सडकमा पनि उभिन तयार छौं । त्यसो गर्नुहुँदैन भन्ने हाम्रो मान्यता हो ।
मधेशवादी पार्टीहरू बिच एकता र सहकार्यको कुरा चलिरहेको छ । तपाईंहरूले सम्वाद अगाडी बढाउनु भयो ?
वार्ता समिति हाम्रो पार्टीले पनि गठन गरेको छ । पाँच सदस्यीय वार्ता समितिको म पनि एकजना सदस्यको भूमिकामा छु । अब वार्ता–संवादको विकल्प भनेकै सम्वाद हो । वार्ता गर्नुपर्छ । अन्य दलले पनि वार्ता समिति गठन गरेको छन् । संवाद के हो भने हामी वस्तुपरक–तत्थपरक भएर विगतमा भएका कमीकमजोरीहरू, विगतमा भएका एकता र फुट, त्यसका कारकहरू र त्यसपछि आउने दिनहरूमा नयाँ किसिमको तथ्यपरक ढंगले बहस गरेर, छलफल गरेर हामीले सहकार्य, संवाद र कार्यगत एकतासम्म गयौं भने त्यसले एउटा परिणाम ल्याउँछ । तर, अमुक व्यक्तिले, अमुक नेताले आज मधेशमा जसको स्पेस छैन । उसलाई स्पेस दिनकै लागि सम्वाद, सहकार्य र कार्यगत एकताको आवश्यकता छ जस्तो मलाई लाग्दैन । त्यसैले हाम्रो प्राथमिकता भनेको विगतमा सत्र वर्षदेखि मधेशको राजनीति चलिराखेको थियो । अहिले पनि चलिराखेको छ । त्यसको सबल पक्ष के रह्यो, त्यसको कमजोरी पक्ष के रह्यो । नेतृत्वले कस्तो प्रकारका निर्णयहरू गरे । कस्तो नेतृत्वले परिस्कृत काम गरे । कस्तो नेतृत्वले निराशाजनक काम गरे । यसको वस्तुपरक र तथ्यपरक भएर पहिले यसको सुक्ष्म विश्लेषण हुनुपर्छ । त्यो विश्लेषण भएपछि नयाँ ढंगको कोर्स सेट गर्ने कुरा हुन्छ । अहिलेको उद्धेश्य भन्दा फरक उद्धेश्य सेट गर्ने कुरा हुन्छ । त्यो सम्बन्धमा हामी जान खोज्छौं । त्यसको समिक्षा हुन जरुरी छ ।
एकता र सहकार्यको सम्भावना भन्ठान्नुहुन्छ ?
लोकतन्त्रमा यो सम्भावना जतिखेर पनि जिवित रहन्छ । कारण के हो भने एजेन्डाहरू मिल्यो, चुनौतीहरू थपियो भने एकता र सहकार्यको सम्भावना जतिखेर पनि जिवित रहने छ । लोकतन्त्रको सुन्दर पक्ष नै हो यो । यो कुन रुपमा जाला, यसको स्पेस कस्तो होला, त्यो समयले निर्धारण गर्ने कुरा हो ।
पहिले पनि एकता र सहकार्य भएकै थियो । अब हुने एकता र सहकार्य दिर्घकालीन हुन्छ भन्नेमा तपाईं कतिको विस्वस्त हुनुुहुन्छ ?
मैले अघि पनि यसको प्रतिउत्तर दिइसकें । वस्तुपरक हुनुपर्छ, तथ्यपरक हुनुपर्छ । समिक्षा हुन आवश्यक छ । उद्धेश्यका आधारमा मात्र यो एकता र सहकार्य हुन्छ । तर, भावनाको भरमा लहडले कुनै व्यक्तिलाई स्पेस दिनकै लागि सहकार्य–एकता आवश्यकता छैन ।
तपाईंहरूको महाधिवेशन हुँदैछ । महन्थ ठाकुरजी पुनः अध्यक्ष हुने हल्ला छ । त्यसमा कति सत्यता छ ?
यो विषय त्यो लेभलमा आएकै छैन । वहाँ अध्यक्ष बन्नुभयो । वहाँले अध्यक्ष बन्ने आकांक्षा राख्नुभयो भने मलाई के लाग्छ भने लोसपा नेपालभित्र सबै शक्ति नेता÷कार्यकर्ताहरू गौरवान्वित हुनुपर्छ । किनभने माननीय महन्थ ठाकुरसँग एउटा ठूलो शक्ति छ । त्यो शक्ति भनेकै वहाँभित्रको नैतिक बल हो । नैतिक बलकै आधारमा वहाँ अध्यक्ष बनिराख्नु भएको छ । वहाँ फेरि अध्यक्ष बन्न इच्छा राख्नुभयो भने हामी सहर्श स्विकार्ने छौं ।