काठमाडौं । अन्तर्राष्ट्रिय उत्कृष्टता सेवा पुरस्कारबाट तराई मधेस महिला फाउन्डेशन नेपालकी अध्यक्ष एवं समाजसेवी , महिला नेतृ सुनिता साह (क्रान्ति ) को नेतृत्वमा १५ जनालाई भारतकाे कलकत्तामा सम्मान गरेको छ ।
अन्तर्राष्ट्रिय उत्कृष्टता सेवा पुरस्कार तथा इंटरनेशनल एक्सीलेंसी सर्विस अवार्ड यी दुई अवार्डले सम्मानित गरिएको हाे ।
उक्त कार्यक्रममा सहभागीहरुले नेपाल भारत बिचकाे सम्बन्ध अझ सुमधुर बनाउनुपर्नेमा जाेड दिदै नेपाली टाेपी , खादा , माला सहितले सम्मान समेत गरेको फाउन्डेसनले जनाएको छ । ग्लोबल मानव अधिकार संरक्षण मञ्चका संस्थापक सह अध्यक्ष महानन्द सरकार दत्तकाे अध्यक्ष्ातामा तथा अधिवक्ता डा. विजय कस्तुरे (महाराष्ट्र) काे प्रमुख आतिथ्यमा आयाेजित कार्यक्रममा राज्य निर्देशक एवम् महाराष्ट्र, ( जीएचआरपीएफ ) का डा. प्रकाश रामभाउ खण्डग, डा. मुकुल चक्रवर्ती (सचिव, शैली शपथ, कोलकाता), कब्यगुरु डा. अजित दत्त (प्रसिद्ध कवि, आसाम), कवि अशोक चक्रवर्ती, कोलकाता लगायतकाहरुकाे आ आफ्नो विचार ब्यक्त गरेको थियोे ।