सुमन सि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज हुनुहुन्छ । वर्तमान राजनीति र नेकपाको पछिल्लो गतिविधीबारे गरिएको सम्वादको सम्पादीत अंश :

अहिले तपाईंहरुले थर हटाएर सि लेख्नु भएको छ । यसबाट तपाईंहरुले के सन्देश दिन खोज्नु भएको हो ?

अहिले दक्षिण एसियामा जातको कुरा लिएर ठूलो रोग छ । यो रोग पनि एक प्रकारको अर्थ प्रणालीसँग सम्बन्धित विषय हो । समाजवादी अर्थ प्रणाली, पूँजीवादी अर्थ प्रणालीले समाजमा शासन गर्नका लागि जात बनायो र समाजलाई विखण्डित ग¥यो । यस्तो अवस्थामा हामी कम्युनिस्टहरुले नयाँ गर्ने सोच बनायौं । हामीले आफ्नै जातको विकास किन नगर्ने ? हामीले आफ्नै उत्पादन प्रणालीको विकास किन नगर्ने ? हामीले आफ्नै समुदायको विकास किन नगर्ने ? हामीले जातीय अन्तर विरोधको समाधान गर्नका लागि जातको विकास किन नगर्ने भनि अनुसन्धान गर्दा हामीले जात बनाउने निष्कर्ष पुग्यौं र सि जाती बनायौं । कम्युनिस्ट भनि सकेपछि कम्युन पनि हो, कम्युनिटी पनि भयो, कमन पनि भयो । जात भनेर एउटा सिमाभित्र कैद भएर समाज रुपान्तरण गछौं भन्नु कहाँसम्म सही छ । पूजिवादले राज्यको बल लिएर शोषण गर्दछ । पूँजिवादलाई जित्छौं भने लाग्न कम्युनिस्टहरुले नयाँ कुरा केही पनि नगर्ने, त्यही पुरानै चिन्तन, वानी व्यहोरा गर्नु कहाँसम्म ठिक छ । नेपालबाट हामील संसारभर यो कुराको अपिल गर्न सक्छौं ।

के यो अभियानले जातीय छुवाछूत हटाउँछ भन्ने हो ?

हो । हटाउँछ । जातीय छुवाछूत हटाउने हो भने सबैजना सि जातीमा आउनु प¥यो । के हामीसँग भएको जाती के आफैमा पहिलेदेखि नै थियो र ? जाती बनाएर मानिसलाई शोषण गर्ने, विभेद गर्ने काम पछि भएको हो । समाजलाई जुन कुराले विखण्डित बनायो । त्यो त आर्थिक शोषणसँग सम्बन्धित कुरा हो । हिजो हाम्रो समाजमा जुन कुरा एउटा रोगको रुपमा आयो । आज आएर जातीको कुराले एउटा माजलाई संक्रमित बनाएको छ । यो कुराको विरुद्ध यो रोगलाई हटाउन के हामीले साहस गर्नु पर्दैन !

यी त भए सांस्कृतिक क्रान्तिका कुरा । आर्थिक क्रान्तिमा पनि तपाईंहरु नयाँ सोचका साथ अगाडि आउनु भएको छ । यसका लागि के के गर्दैहुनुहुन्छ ?

हामी अर्थ जीवनमा पनि नयाँ सोचौं । पार्टीले उत्पादन गर्न व्यापक सोच्यौं । राज्यले आफ्नो आय स्रोत आसेपासेलाई सुविधामा दिएको छ । कृषि फर्म, बाख्रा पालन लगायतमा आफ्नालाई फर्जी अनुदान दिएको छ । राज्यको लगानी ध्वस्त गर्ने, उत्पादन केही पनि नगर्ने । नेपालमा आज दलाल पूँजीवादी व्यवस्था हावी भएको छ । आफ्नो उत्पादन केही पनि नगर्ने, विदेशबाट सामान आयातित गर्ने, नेपाली उपभोक्तामा बेच्ने, हरेक कुरा कमिशनमा गर्ने, नेपाली उपभोक्तामा बेच्ने, हरेक कुरा कमिशनमा बेच्ने राज्यल कमिशन खोज्छ । हामीले देश भरी माछा पान, बाख्रा पालन, धान खेती, फलफूल खेती, आल खेती गरेका छौं । प्रत्येक पार्टी केन्द्रीय सदस्यले एउटा उत्पादन अनिवार्य रुपले जिम्मा लिनु पर्नेछ । 

नेपालमा आजको समस्या भनेको परनिर्भता हो । यो कमिशन बेसमा चलेको राज्य हो । राज्यले अर्बौ लगानी गरेर भ्यु टावर निर्माण गरेर राष्ट्रिय सम्पत्ति वर्वाद गर्ने काम भएको छ । राज्यले दलाल पूँजीवादी व्यवस्थाको पृष्ठ पोषण गरिरहेको छ । ती गलत ठाउँहरुमा राज्यको लगानीले अस्पताल, विद्यालय बनाएको भए त्यसका सदुपयोग हुन्थ्यो । तर, राज्य आफ्ना भरोटैहरुलाई पोस्ने काममा लागि परिरहेको छ । दलाल पूँजीवादीहरुसँग सम्बन्धित व्यापार गर्न र त्यसको लागि मलजल दिने काम वर्तमान दलाल पूँजीवादी राज्य सत्ताबाट भईरहेको छ । आज राज्य कमिशन खाएर चलाउनु परेको देखिन्छ । हामीले आन्तरिक उत्पादनलाई सुदृढ गरेर देशलाई आत्मनिर्भर बनाउन सकिएमा समाजवादी अर्थ प्रणाली लागू हुने छ । यस कुरामा हामी स्पष्ट छौं । आत्मनिर्भर पार्टी, आत्मनिर्भर कार्यकर्ता बनाउन सक्छौं । झापामा हामीले भिलझिेमा डेढ विधामा धान खेती, सुनसरीको रामधुनीमा पाँच विघामा धान खेती लगायत पचास विघामा आलु खेती, धान खेती फलफू खेती, माछा पालन गरेका छौं ।

कार्ल माक्र्सले श्रमको सम्बन्धमा ठूलो महत्व दिनुभएको छ । श्रमको मूल्यलाय तपाईंहरुले कसरी बाँडफाँड गर्नुहुन्छ ?


श्रम गर्ने श्रमिकलाई ४९ प्रतिशत दिनुपर्छ र ५१ प्रतिशत सम्पत्ति संस्थागत गर्नुपर्छ । यहाँ संस्थागत गरेको सम्पत्ति पनि त्यो पनि सबैको स्वामित्वको पूँजी भयो । व्यक्तिगत रुपमा उसले श्रमको मूल्य पाउँछ ।

माओवादी केन्द्र लगायतका पार्टीसँग पार्टी एकताको कुरा चलिरहेको छ । एकता भएपछि नयाँ ढंगले बढ्ने कि यसलाई निरन्तरता दिने ? कस्तो छ तयारी ?

एकताको कुरा नै सबैभन्दा महत्वपूर्ण हो । नेपालमा समाजवादलाई सुनिश्चित गर्ने कुरा भन्दा पनि नेपालमा आफ्नै स्वाधिनताको प्रश्न छ । नेपाल विदेशीको खेल मैदान भएको छ । यो सबै कुरालाई समाधान गर्ने भनेको नेपाली विशेषताको समाजवादबाट नै सम्भव छ । नेपाली कांग्रेसले प्रजातान्त्रिक समाजवाद भन्दछ, एमालेले पनि समाजवाद भन्दछ । नेपालको संघीय संविधानले नेपाल समाज उन्मुख राष्ट्र हो भनेर बुझ्नु पर्दछ । समाजवादति अगाडि बढ्न एमाले तयार छैन, माओवादी केन्द्र तयार छैन । नेपालमा जुन प्रकारको जाती जनजातीको समस्याहरु छन् । त्यसलाई हल गर्नका लागि साझा सहमतीमा नेपाली विशेषताबो समाजवादी व्यवस्था लागू गरौं ।

पार्टी निर्वाचन आयोगमा जाने र दर्ता गर्ने बारे छलफल चलिरहेको छ ?

छलफल होइन, हाम्रो पार्टीको केन्द्रीय समितिको निर्णय नै छ । हामी पस महिना भित्रमा पार्टी दर्तामा जाने र पार्टीको नाम र चिन्हको विषयमा छलफल भइरहेको छ । त्यसका लागि हामीले विभाग बनाएका छौं । पार्टी दर्ता सम्बन्धी काम भइरहेकै छ ।

चौरासीको चुनावमा तपाईंहरु एक्लै लड्ने हो कि ?

हामी एक्लै नै चुनाव लड्ने छौं । हाम्रो तयारी एक्लै हुन्छ तर हाम्रो कुरा समाजवाद चाहनेहरु, देशका स्वाधिनता चाहनेहरु बिचमा धु्रविकरण भएमा हामी मोर्चा बनाएर पनि चुनाव लड्ने छौं । त्यहाँसम्म पुग्दा मोर्चा गठबन्धन पनि हुनसक्छ ।

तपाईंहरु झापाको बिर्तामोडदेखि कञ्चनपुरसम्म मार्चपास गर्ने तयारीमा हुनुहुन्छ । यसको तयारी कसरी गरिरहनुभएको छ ?


फागुनमा झापाको सुखानीमा आएर शहिदहरुलाई माल्यार्पण गरिसकेपछि ठूलो भीडभाष्का साथ बिर्तामोडमा आयोजित सभालाई पार्टी महासचिवले सम्बोधन गर्नुहुनेछ । त्यस पछि देशका विभिन्न शहरहरुमा पुगेर जनताहरुसँग पुगेर सभा गने र मध्य पहाडी क्षेत्रमा पनि पुग्ने छौं । साथमा सामना परिवार पनि रहने छ । 

हामी लघघु वित्त, मिटरव्याजीहरुको विरुद्धमा संघर्ष गर्ने छौं । लिपुलेक क्षेत्रमा जहाँ चीन र भारतले त्यसका बारेमा चीनमा गएर सम्झौता गर्छन् । त्यति खेर नेपाल विहीनताको अवस्थामा पुगेको आभाष हुन्छ । आज देशमा भ्रम फैलाएर नयाँ नयाँ अनुहारहरुलाई स्थापित गेर साम्राज्यवादी पश्चिमा शक्तिकेन्द्र आफ्नो शक्ति देखाउने काम गरिरहेको छ । यसमा हामी गम्भीर छौं । नेपालमा समाजवादी व्यवस्था ल्याउन अब कसैले हस्तक्षेप नगरोस् । नेपाल संकटमा गएकोमा हामी देशको नेतृत्व गर्नेछौं । जससम्म समाजवाद आउँदै, हामीले सबै मोर्चा खुल्ला गरेका छौं ।