सञ्जय प्रधान 

-- खरसाङ, भारत । ‘रक रक एनी बडी रक, सासु भन्छे बुहारी...सिङमाङमा राखेको कसले खायो घीऊ...’ बच्चा  बेलामा निक्कै सुनेको यो गीत सूर्यमणि प्रधानको ‘सुसीता संग्रहालय’मा सिङमाङ देख्दा झल्झल्ती सम्झना आयो । केही काम विशेषले दार्जीलिङको हरिदास हट्टा स्थित उनको घरमा गएको थिएँ । केही सामाजिक, प्रतिष्ठित व्यक्तिहरूका बारेमा कुरा हुँदाहुँदै  सुर्यमणि प्रधानले भने, ‘अहिले माथिल्लो तलामा म तपाईंलाई केही देखाउँछु है ।’ उनले यति भने पछि मेरो सबै ध्यान माथिल्लो तलामा नै केन्द्रित हुन थाल्यो । माथिल्लो तलामा के रहेछ भन्ने बारेमा मभित्र कौतुहल जाग्न थाल्यो, अनि मन भित्र छटपटी  हुन थाल्यो । केही बेरमै उनले मलाई माथिल्लो तलामा लगे ।

माथिल्लो तलाको छतमा छुट्टै रुपमा राम्रो गुणस्तरको छानाले बनाइएका घरको मूल दैलोमा लेखिएको  ‘सुसीता संग्राहलय’ देख्दा अलिक उदेक लाग्यो ‘घरमा संग्राहलय?’ मनमा प्रश्न उप्ज्यो िभित्र पसेर हेर्दा चकित परे िकारण त्यहाँ सिङ्गो नेपाली संसार देखे िमेरो आँखा सिङमाङमा पर्दा उही गीत ‘सिङमाङमा राखेको कसले खायो घीऊ...’ कानमा गुन्जिन थाल्यो िसंग्राहलयको वरिपरि आँखा डुलाउँदा एक क्षण आँखा तिर्मिरायो । नेपाली जनजीवनसित जोडिएका धेरै सामग्रीहरू र औजारहरू हिजोआज प्रायः देखिँदैनन्, जसलाई अहिले आधुनिक तकनिकीको युगमा बिर्सिंदै गइसकेका छन् िनेपालीको पौरख, उद्यम र जनजीवनलाई दर्शाउने यस्ता सामग्रीहरू समाज विकसित बन्दै जाँदा प्रयोगमा आउन छोडे पछि प्रायः हराउँदै गइसकेका छन् । हिजोआज गाउँ–बस्तीमा पनि उहिलेका औजारहरू प्रायः देखिन छाडेका छन् ।

Suryamani 1उहिलेका जमानामा नेपाली दैनिक जनजीवनमा प्रयोग हुने विभिन्न सामग्री, औजारहरू यस संग्राहलयमा सुर्यमणि प्रधानले संग्रह गरेर राखेका छन् । यस बाहेक नेपाली बाजाहरू पनि संग्रह गरेका छन् । आफ्नो घरमा संग्राहलय बनाउनु भनेको साधारण कुरा होइन अनि जो सुकैले यस्तो कार्य गर्न पनि सक्दैनन् । पेशाले उनी दार्जीलिङको सन्त पल्स स्कूलमा नेपाली विषयका शिक्षक थिए ।

आखिर किन उनलाई यस्तो संग्राहलय बनाउने उदेकको चाहना भयो? स्वभावले उनी अति नै नम्र, मृदुभाषी, सरल छन्, तर उनी भित्र एउटा उदेक लाग्दो गजबकै चाहना छ । त्यो हो आफ्नो संस्कृति, परम्परा, अनि आफ्नो जातीय जनजीवनसित जोडिएका सामग्री, औजार र बाजाहरू बारे आउँदो पिढीमा जीवित राख्ने उनको अदम्य चाहना छ । उमेरको हिसाबले अस्सी वर्ष पुगे पनि उनीसित जातीय संस्कृति संरक्षण गर्ने बेजोडको उर्जा छ िआफ्नो जीवनको आधा भन्दा बढी कमाई उनले संस्कृतिको संरक्षणमा खर्चिएका छन् । आफ्नो कमाई यस किसिमले खर्चिने प्रायः विरलै नै हुन्छन् । उनलाई यस कार्यमा उनका श्रीमती सुमित्रा प्रधानले धेरै सहयोग, उर्जा र हौसला प्रदान गरेकी छिन् ।

सानैदेखि आफ्नो संस्कृतिप्रति चासो राख्ने सूर्यमणि प्रधान दार्जीलिङ भेकका एक जना प्रतिष्ठित लेखक हुन् । उनी भन्छन्, ‘हाम्रो दैनिक जनजीवनसित जोडिएका सामग्री, औजारहरू हराउँदै गएको देख्दा यी सबैको जगेरा गर्नुपर्छ भन्ने विचार गरें ।’ सबै सामग्री र औजारहरूको नाम आफूलाई सानैदेखि थाहा भएको उनी बताउँछन् । उनको संग्राहलयमा खेतीपातीमा प्रयोग गरिने औजारहरू, भान्साघरका सामाग्रीहरू, गरगहनाहरू, लोक बाजाहरू जस्ता धेरै सामग्रीहरू उनले संग्रह गरेका छन् । उहिले घीऊ सिङमाङमा राखिन्थ्यो, तर हिजोआज सिङमाङ हराइसकेको छ, नाम पनि सुनिँदैन िसिङमाङको बदली प्लास्टिकको बोतल, स्टीलको भाँडामा घीऊ राखिन्छ । हिजोआज भान्साघरबाट हराउँदै गएका भाँडाकुडाहरू संग्रह गरेर राखेका छन् िदुध दुहुँदा प्रयोग गरिने गबुआ प्रायः विलुप्त भइसकेका छन् िघुयेत्रो हिजोआज देख्न छोडेको छ । उहिलेका कथाहरू पढ्दा लडाईमा पनि घुयेत्रो प्रयोग भएको थाहा लाग्छ िउहिले हिउँदको मौसममा शरीर तातिन्छ भनेर कुखुराको प्वाँखको चुङ्गी बनाएर खेल्ने  चलन  थियो, तर यो पनि समयको बहावमा बगेर हराएको छ ।

हिउँदको कठ्याङ्ग्रिने जाडोमा साँझको बेला घरको सानो आँगनमा अङ्गेटीमा आगो ताप्दै घर–परिवार साथै छिमेकी सँगै वरिपरि बसेर दुःखसुखका कुरा गरिन्थ्यो, रमाइन्थ्यो ितर, हिजोआज ब्लोवर, रुम हिटरले अङ्गेटीको जग्गा ओगटे पछि कोठामा एक्लै अभिन्न साथी मोबाइलसित बिताइन्छ । यी सबै त नेपाली जनजीवनबाट विलोपन भए जत्तिकै छ ियी सबैलाई सुसीता संग्राहलयमा संरक्षण गरिएको छ । आफ्नो बितेको समयलाई स्मरण गर्ने र यसबारेमा जान्नक लागि यस संग्राहलयमा हेर्न सकिन्छ िगुन्द्री, माद्री, सुकुल, राडी, लुगाको जुत्ता, परालको जुत्ता, ढुङ्गाको चनौटो, ढुङ्गाको जाँतो, ढुङ्गाको औषधी पिस्ने जाँतो, हर्पे, मकै भुट्ने होल्र्यांङ्गे यस्ता थुप्रै नेपाली जनजीवनलाई दर्शाउने सामग्रीहरू सूर्यमणि प्रधानले संरक्षण गरेर राखेका छन् िप्रत्येकमा उनले नाम लेखेर टाँसेका छन् िगोरु गाडी र काठको हाते गाडी (गोर्खे जीप चल्ती नाम)को दार्जीलिङ पहाडी भेकमा छुट्टै विशेष गाथा छ । यसलाई आधार बनाएर धेरै कथा, कविता लेखिएका छन् । हिजोआज यस भेकमा गोरु गाडी पनि देखिँदैन, गोर्खे जीप पनि देखिँदैन । गोरु गाडी र गोर्खे जीपको काठको मोडल बनाएर संग्राहलयमा राखेका छन् । धान, चिउरा कुट्ने ढिकी पनि काठकै मोडल बनाएर राखेका छन् । यी सबै उनले आउँदो पिडीलाई सम्झाउन, बुझाउन राखेका छन् । भित्तामा टाँगिएको शोकेसमा नेपाली गरगहनाहरूको सेट खुबै राम्रो देखिने गरी राखेका छन् । यस्तै नेपाली लोक संस्कृतिको जल्दोबल्दो प्रतीक नौमती बाजा, यलम्ब बाजा (बाँसको मादल पनि भनिन्छ), चरी बाजा, बिनायो, सारंगी, पूर्वेली मादल, नेवारी मादल अन्य धेरै छन् । यसबाहेक विभिन्न देशका रुपियाँ, सिक्काहरू पनि संग्रह गरेका छन् । यस संग्रहालयमा उनले प्रथम अनि दोस्रो विश्व युद्धमा भिक्टोरिया क्रसद्वारा सम्मानित हुने नेपाली योद्धाहरूको तस्वीरहरू पनि सबै संग्रह गरेर राखेका छन् । यी सबै जोगाड गर्न उनलाई ४५ वर्ष लागेको छ । संग्राहलय बनाएको करिब आठ वर्ष भए पनि अहिले यसलाई उति बढी प्रचारमा ल्याएका छैनन् । संग्रहालयका लागि उनले यी सबै सामग्रीहरू सिक्किमको जोरथाङको मेलादेखि नेपालका विभिन्न ठाउँबाट किनेर बटुलेका हुन् । अझ पनि उनी धेरै ठाउँमा गएर हराउँदै गएका सामग्रीहरू खोजी गर्नमा व्यस्त छन् । यस्ता सामाग्रीहरू संग्रह गर्ने व्यक्ति मात्र होइनन् सूर्यमणि प्रधान, उनी यसका एकजना राम्रो स्रोत व्यक्ति पनि हुन् । गत वर्ष २०२३ मा डा. दिवाकर प्रधानको निमन्त्रणामा  बनारस हिन्दू विश्वविद्यालयमा पुगेका थिए । त्यहाँ उनलाई सम्मान जनाइएको थियो भने, नेपाली जनजीवनसित सम्बन्धित सामग्रीहरू बारेमा वार्ता पनि उनले प्रस्तुत गरेका थिए । उनले स्थापित गरेका सुसीता संग्राहलय मात्र होइन एउटा शोधकेन्द्रकै रुपमा खडा भएको छ ियसमा अब  बाँकी रहेको भनेको व्यापक प्रचार कार्य रहेको छ । यस संग्राहालयलाई अझ बृहत आकार दिने अभियान लिएर हिडिरहेका छन् ।