प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावित भारत भ्रमण अझै अनिश्चित छ । गत वर्ष ओली चीन जाँदा पनि भारतीय पक्षले उनको भारत भ्रमणबारे ठोस संकेत दिएको थिएन । नेपालको वर्तमान नेतृत्वलाई भारत सरकारले सोचे जस्तो प्राथमिकता किन दिएको छैन भन्ने प्रश्न नेपालको राजनीतिक वृत्तमा उठिरहेको छ ।
गत वर्ष ओली चीन जाँदा पनि भारतीय पक्षले उनको भारत भ्रमणबारे ठोस संकेत दिएको थिएन । नेपालको वर्तमान नेतृत्वलाई भारत सरकारले सोचे जस्तो प्राथमिकता दिएको छैन । ओलीप्रतीको भारतको रुखोपन हो वा मन्त्री राणाको कुटनीतिक असफलता भन्ने प्रश्न नेपालको राजनीतिक वृत्तमा उठिरहेको छ ।
उच्चस्तरीय राजनीतिक वार्ता असफल
मिडिया रिपोर्टका अनुसार आरजु राणाको भारत भ्रमणका क्रममा भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटघाट भएको थियो । उनले यसलाई ‘फलदायी’ भन्दै द्विपक्षीय सहयोग जनता–जनता आदानप्रदान र रणनीतिक साझेदारीका विषयमा छलफल भएको बताए । तर नेपाल–भारतका प्रमुख मुद्दामा ठोस सहमति भयो कि भएन भन्ने प्रष्ट हुन सकेको छैन ।
उनले उच्चस्तरीय भारतीय नेताहरूलाई भेट्ने प्रयास गरिरहे पनि आवश्यक समय नपाएको पनि चर्चा चल्योे । यसअघि सन् गत ९ जनवरीमा पनि भारत पुगेपछि उनले भारतीय नेतृत्वसँग भेट्ने प्रयास गरेकी थिइन् तर मोदी सरकारले समय दिन चाहेन ।
रायसिना संवाद र अन्य बैठकहरूमा सहभागिता
आरजु राणाले भारतको झारखण्ड राज्यमा रहेको बाबा वैद्यनाथ धाम र बासुकीनाथ मन्दिरमा पूजाअर्चना गरेर यात्रा सुरु गरेकी हुन् । उनले सामाजिक सञ्जालमा यो जानकारी दिएकी हुन् । तर यसपछि उनी सिधै दिल्ली पुगिन् जहाँ उनी ‘रायसिना संवाद’ मा सहभागी भइन् । यो कार्यक्रम ‘द अब्जर्भर रिसर्च फाउन्डेसन’ (ओआरएफ) ले भारतीय विदेश मन्त्रालयसँगको सहकार्यमा आयोजना गरेको हो ।
आरजु राणाको पनि सहभागिता रहेको रायसिना संवादमा जलवायु परिवर्तन र विश्वव्यापी चुनौतीका बारेमा छलफल भएको थियो ।
रायसिना संवादको उद्घाटन सत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन उपस्थित थिए । राणाले भुटान र माल्दिभ्सका परराष्ट्रमन्त्रीसँग जलवायु परिवर्तन र त्यसको आर्थिक समाधानका विषयमा पनि छलफल गरेकी थिइन् ।
यसका साथै उनले युक्रेनका विदेशमन्त्री आन्द्रेई सिबिहालाई पनि भेटेर युक्रेनमा बन्धक बनाएका सात नेपाली नागरिकलाई रिहा गर्न अपिल गरेकी थिइन् । यसै क्रममा नेपाल र युक्रेनबीच कूटनीतिक र आधिकारिक राहदानी वाहकका लागि भिसा छुट सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
उनले दक्षिण एसियाली मामिलाका लागि अमेरिकी राष्ट्रिय सुरक्षा निर्देशक रिकी गिललाई पनि भेटेकी थिइन् र इजरायलमा हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिनको मामलामा अमेरिकी सरकारसँग सहयोग मागेकी थिइन् ।
मन्त्री राणाको भ्रमणको उद्देश्य धार्मिक कि राजनीतिक ?
आरजु राणाको यो भ्रमण धार्मिक कूटनीतिक र राजनीतिक पक्षको मिश्रण थियो । उनले धेरै महत्वपूर्ण भेटघाट गरे पनि उनको भ्रमणको सबैभन्दा ठूलो चुनौती भारतीय शीर्ष नेतृत्वसँगको अपेक्षित भेट नहुनु थियो । नेपाल र भारतबीचको सम्बन्ध घनिष्ट छ तर उच्चस्तरीय वार्ता र ठोस निर्णयको अभाव हुँदा दुई देशबिचको सम्बन्ध कुहिरोको काग जस्तो बन्न पुगेको छ ।