इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित सेन्टर प्लाजामा लागेको आगलागी नियन्त्रण गर्ने क्रममा सात जना घाइते भएका छन् । यी सात जनामध्ये पाँच जना सुरक्षाकर्मी रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार आगो अझै पूर्णरुपमा निभ्न सकेको छैन ।

‘पाँच घण्टाअघिदेखि लागेको आगो अझै निभ्न सकेको छैन, पाँच सुरक्षाकर्मीसहित सात जना घाइते भएका छन् ।

सशस्त्र प्रहरीका एसएसपी मनिष थापाको नेतृत्वमा नेपाली सेना र प्रहरीका ६ वटा दमकलसहित १ सय ५ जनाले आगो निभाउने प्रयास गरिरहेका छन् ।

आगलागीमा फसेकामध्ये आठ पुरुष र तीन महिलाको उद्धार गरिएको छ । आगलागीमा फसेकाहरुको उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर पनि पुगेको थियो ।