हिँड्नु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । यसले शारीरिक स्वास्थ्यमा सुधार गर्नुका साथै मानसिक स्वास्थ्य पनि राम्रो बनाउँछ । तर, हिँड्दा केही गल्तीहरू गरियो भने त्यसले हाम्रो स्वास्थ्यलाई हानि पुर्याउन सक्छ । यी गल्तीबारे सचेत हुनु जरुरी हुन्छ, जसले गर्दा हिँडाइ प्रभावकारी होस् । यस्ता १० गल्तीहरू हिँड्दा गर्नुहुँदैन ।
१. गलत जुत्ता छनौट
हिँड्दा सजिलो जुत्ता लगाउनु धेरै महत्त्वपूर्ण हुन्छ । गलत जुत्ता लगाउनाले लामो समयसम्म खुट्टा दुख्ने, खुट्टाको छाला निस्कने वा जोर्नीको समस्या पनि हुनसक्छ । सधैँ आरामदायी र सजिलो जुत्ता लगाउनुपर्छ जसले खुट्टालाई सही आकार दिन्छ ।
२. गलत पोस्चर
हिँड्दा शरीरको पोस्चर सही हुनुपर्छ । धेरै झुकेर वा गलत तरिकाले हिँड्दा ढाड दुख्ने र मांसपेशीमा तनाव हुनसक्छ । सिधा उभिएर, काँधलाई आराम र टाउको सिधा राखेर हिँड्नुपर्छ।
३. हतारमा लामो कदम चाल्नु
धेरैलाई लाग्छ कि, लामो पाइला चालेर छिटो-छिटो हिँड्दा धेरै प्रभावकारी हुन्छ । तर, यो गलत हो । यसले खुट्टा र कम्मरमा अतिरिक्त दबाब दिन्छ । त्यसैले ठिक्क र सन्तुलित कदम चाल्नुपर्छ।
४. गलत तरिकाले हात हल्लाउनु
हिँड्दा हातहरू राम्ररी चलाउनु पनि महत्त्वपूर्ण हुन्छ । हात धेरै माथि वा तल सार्दा शरीरको सन्तुलन बिग्रन्छ । हातहरू कुहिनोमा झुकेर काँधसँगको समन्वयमा सार्नुपर्छ।
५. पानी नपिउनु
हिँड्दा शरीरमा पसिना आउँछ, जसले गर्दा डिहाइड्रेसन हुनसक्छ। हिँड्नुअघि र पछि प्रशस्त पानी पिउनु महत्त्वपूर्ण हुन्छ । पानी नपिउनाले डिहाइड्रेसन हुनसक्छ । त्यसैले हिँड्नुअघि र पछि प्रशस्त मात्रामा पानी पिउनुपर्छ।
६. वार्मअप–अप र कूल–डाउन नगर्नु
हिँड्न सुरु गर्नुअघि वार्मअप–अप र कूल–डाउन गर्नु धेरै महत्त्वपूर्ण हुन्छ। वार्मअपबिना हिँड्दा मांसपेशीमा तनाव हुनसक्छ । त्यसैगरी, अचानक रोकिँदा पनि शरीरमा असर पर्छ । त्यसैले हिँड्नुअघि वार्मअप र कुल डाउन गर्न छुट्टाउनु हुँदैन।
७. अत्याधिक छिटो हिँड्नु
कतिपय मानिसलाई लाग्छ तिनीहरू जति छिटो हिँड्छन्, त्यति नै फाइदा हुन्छ । तर धेरै छिटो हिँड्दा थकान र चोटपटकको जोखिम बढ्छ । आफ्नो क्षमता अनुसार गति कायम राख्नु फाइदाजनक हुन्छ।
८. खाना खाएपछि तुरुन्तै हिँड्नु
खाना खाएपछि तुरुन्तै हिँड्नु स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । यसले पाचन प्रणालीलाई असर गर्छ र पेट दुख्ने वा अपच हुनसक्छ । त्यसैले खाना खाएपछि कम्तिमा ३० मिनेटपछि मात्र हिँड्नुहोस् ।
९. एउटै दिनचर्या पछ्याउनु
हरेक दिन एउटै दिनचर्या र गतिमा हिँड्दा शरीरलाई चुनौती हुँदैन । हिँड्ने दिनचर्या समय–समयमा परिवर्तन गर्नुपर्छ, जस्तै छिटो हिँड्ने, डाउनहिल हिँड्ने वा दूरी बढाउने।
यसो गर्दा शरीरलाई चुनौती हुन्छ र त्यस चुनौतीलाई शरीरले स्विकार्छ ।
१०. आफ्नो क्षमता भन्दा बढी हिँड्ने
कतिपय मानिस आफ्नो क्षमताभन्दा बढी हिँड्ने प्रयास गर्छन्, जसले शरीरमा थप दबाब दिन्छ । यसले थकान, मांसपेशी दुखाइ र चोट लाग्न सक्छ । आफ्नो शारीरिक क्षमता अनुसार मात्र हिँड्नुपर्छ ।