द्वय विलोचनबाट झरेका

आँसूका थोपाहरू त

सुकी सकेछन, 

तर! रोदनको हरेक

सिसकीहरु तिमीलाई

टकटकी देखी रहने छन, 

मलाई थाहा छ की

यी स्तब्ध ओठहरू त

अन्तर आत्माको धरातलबाट

प्रस्फुटित उत्कण्ठाहरु

केही भन्न लालायित छन, 

तर अफसोस! 

केही भन्न सक्दैनन्

बग्दैछु म अतीतको कल्पनामा, 

एकपल भएपनि त

मनलाई शान्ति मिल्नेछ, 

ख्यै! थाहा छैन मलाई

जीवनको अन्तिम किनारासम्म

माधुर्य स्मृतिहरु संग

लुकामारी खेल्नु नियति नै भयो, 

स्तब्ध त भए यी ओठहरू

दिन र प्रत्येक क्षणहरु पनि

शुन्य र स्तब्धमय भयो, 

अनि त म प्राणहीन भई

बिरहको चितामा जल्नलाई

स्वच्छन्द आफूलाई समर्पण गरें, 

तथापि अतीत का पलहरुमा

आशाका किरणहरू अझै छन्, 

जुन मानसमा सम्झँदा मात्र

म रोमान्चित भई रहन्छु।