निशा सिग्देल

‘ड्रिम्स’ बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको क्रेज सकिन थालेको छ । जुन क्रेज पहिला थियो अहिले त्यो छैन । पछिल्लो समय उनले अभिनय गरेका प्रायः चलचित्रले दर्शकको मन जित्न सकेनन् । 

उनी अभिनित चलचित्रले निरन्तर रुपमा दर्शकको साथ नपाएपछि अहिले उनको पाइपलाइनमा कुनै चलचित्र छैन । न त उनलाई लिएर चलचित्र निर्माण गर्न कुनै मेकर नै उत्साहित छन् ।

आफ्नो चलचित्रको करिअर ओरालो लागेपछि अहिले उनी म्युजिक भिडियोतिर देखिन थालेकी छिन् । पहिला म्युजिक भिडियोमा खासै काम गर्न नरुचाउने साम्राज्ञी अहिले भने म्युजिक भिडियोमा व्यस्त देखिन थालेकी छिन् । बुझिएअनुसार उनले एउटा भिडियोमा काम गरेबापत निकै महंगो पारिश्रमिक लिने गरेकिछिन् । 

उनले अहिले अभिनय गरेको नयाँ भिडियो ‘हरे हरे’ हो । जुन, भर्खरै सार्वजनिक गरिएको हो । साम्राज्ञी राज्यलक्ष्मी शाह र विशाल खरेलको अभिनय रहेको यो गीतको भिडियो थाइल्याण्डमा खिचिएको हो । भिडियोमा साम्राज्ञी निकै नै बोल्ड देखिएकी छिन् ।

चलचित्रमा अभिनय गर्दा पनि यति बोल्ड अवतारमा प्रस्तुत नभएकी उनी अहिले म्युजिक भिडियोमा निकै बोल्ड देखिने गरेकी छिन् । जे होस्, चलचित्रबाट अफर आउन छोडेपछि म्युजिक भिडियोमै सेक्सी बन्न थालेकी उनको काम गर्ने शैली भने रोचक मानिएको छ ।