काठमाडौं : जनमत पार्टीका अध्यक्ष डा सिके राउत र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति )की नेतृ मानुषी यमी भट्टराई नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कमिटी बैठकमा पुगेर पार्टी एकताको कामना गरेकी छिन् । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समितिको बैठक शुक्रबारदेखि सुरु भएको हो ।
आजको बैठकमा पुगेर राउत र भट्टराईले शुभकामना व्यक्त गरेका छन् । बैठकमा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईलाई शुभकामना दिन आग्रह गरे पनि भट्टराईले छोरी मानुषीलाई पठाएर शुभकामना दिएका छन् ।
उनलाई शुभकामना दिन आउनेले तीन दलबीच एकताको तयारी भइरहेको सङ्केत पुष्टि गरेको छ । डा सिके राउत र रेशम चौधरीले अध्यक्ष भट्टराईलाई एकताको प्रस्ताव गरेका थिए । अध्यक्ष भट्टराईप्रति एकता सकारात्मक छ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीले यस्तो जानकारी दिए ।
उनले आजको केन्द्रीय समिति बैठकमा राष्ट्रपति भट्टराई एकताप्रति सकारात्मक रहेको बताए । भट्टराईको भनाइलाई उद्धृत गर्दै उनले भने–‘तपाईहरू एकताका साथ अगाडि बढनुस , म पनि पछाडी पछ्याउँछु ।