झापा :सुनको मूल्यले बुधबार पनि नयाँ रेकर्ड बनाएको छ । तोलामा ८ सय रुपैयाँ बढेर उच्च मूल्यको रेकर्ड बनाएको हो ।

सुन आज प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

विश्वबजारमा सुन माग बढेसँगै मूल्य पनि बढिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ३ हजार डलर नाघेको छ ।आज चाँदी तोलामा ५ रुपैयाँ घटेको छ । मंगलबार २ हजार ५० रुपैयाँ रहेको चाँदी आज २ हजार ४५ रुपैयाँमा झरेको छ ।