काठमाडौं : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।वर्तमान अवस्था:
सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ भने अन्य स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतः सफा छ। सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो:
देशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। अन्य भूभागमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ।
पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्छ।
उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
आज राति:
सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। अन्य भूभागमा आंशिक बदली रहँदै मौसम सफा रहनेछ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा तथा अन्य पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनसक्छ।
उच्च पहाडी तथा हिमाली भूभागमा केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।