रोल्पा :रुस युक्रेन युद्धमा रोल्पाको सुनछहरी गाउँपालिका–६ का पूर्ववडाध्यक्ष तिर्खबहादुर बुढाथोकीको मृत्यु भएको छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा बुढाथोकी नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । २०७९ को निर्वाचनमा पराजित भएपछि उनी रुस गएका थिए । रुस र युक्रेन युद्धमा उनको मृत्यु भएको हाे ।
बुढाथोकीको मृत्युको खबरले परिवार शोकमा डुबेको छ । पारिवारिक स्रोतका अनुसार २०८० असोजमा बुढाथोकी रसिया सेनामा सामेल भएका थिए । परिवारका सदस्यले गत फागुन २४ गते मात्र उनको मृत्युको खबर थाहा पाएका थिए । केही हप्तादेखि सम्पर्कविहीन बनेपछि परिवारले सोधीखोजी गरेको थियो । सोही क्रममा उनको मृत्यु भएको पत्ता लागेको हो ।
उनी रसियाको सेनाको जागिर छाडेर घर आउने बताउँथे । तर मृत्युको खबर आएको छ ।सुनछहरी गाउँपालिका पूर्वअध्यक्ष आशबहादुर पुनले घटना दुःखद भएको बताए ।