काठमाडौँ( देवेन्द्र किशोर ढुङगाना )काठमाडौंस्थित भारतीय दूतावासले गोकर्ण फरेस्ट रिसोर्टमा भव्य कार्यक्रम “एम्बेसेडर इनभिटेसनल गल्फ प्रतियोगिता २०२५” आयोजना गरेको छ । यस विशेष अवसरमा प्रतिष्ठित गल्फ खेलाडीहरू, सरकारी अधिकारीहरू, कूटनीतिज्ञहरू र गल्फ प्रेमीहरूको बाक्लो उपस्थिति थियो।
भारतका माननीय राजदूत नवीन श्रीवास्तवले प्रतियोगिताका विजेताहरूलाई बधाई दिए र सबै सहभागीहरूको जोस र उत्साहको प्रशंसा गरे । उनले यस कार्यक्रमलाई नेपाल–भारत सम्बन्धलाई थप सुमधुर बनाउन महत्वपूर्ण कदम भएको बताए । आफ्नो सम्बोधनमा राजदूतले यस्ता खेलकुद कार्यक्रमले दुई देशबीचको सांस्कृतिक तथा कूटनीतिक सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै नेपालमा गल्फको प्रवद्र्धन हुने बताए ।
युवा प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यका साथ राजदूत श्रीवास्तवले नेपालका दुई उदीयमान गल्फरलाई जनही १००००००/- (एक लाख नेपाली रुपैयाँ) को चेक प्रदान गरे। यस पहलको उद्देश्य नेपालमा गल्फ समुदायलाई प्रेरित गर्नु र उदीयमान खेलाडीहरूलाई विकास गर्ने अवसर दिनु हो।
भारतीय राजदूतावास, काठमाडौंले प्रतियोगिताका सबै विजेताहरूलाई हार्दिक बधाई दिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रम आयोजना गरिरहने प्रतिबद्धता व्यक्त गरेको छ । यस प्रतियोगिताले खेलकुदको भावनालाई प्रोत्साहन मात्र होइन भारत–नेपाल मित्रतालाई पनि गहिरो बनाएको छ ।