झापा । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.शेखर कोइरालाले नेपालमा अब राजतन्त्र पुनर्स्थापनाको कुनै गुञ्जायस नरहेको बताएका छन् ।
शुक्रबार नेपाल प्रेस युनियनले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले राजसंस्था पुनर्स्थापनको कोशिस भइराखेको भएपनि त्यो सम्भव नरहेको बताएका हुन् । राजनीतिक दलहरुले जनतालाई खुसी पार्न नसक्दा र भरोसा दिलाउन नसक्दा अहिले राजावादीहरुले बोल्ने ठाउँ पाएको उनको भनाइ छ ।
‘हामीले जनतालाई कतिको खुसी पार्न सकेका छौं । गणतन्त्र ल्यायौं । गणतन्त्रले जनतालाई आशा, भरोसा दिलाउन सक्यो, सकेन भन्ने कुरा महत्वपूर्ण हो । मलाई लाग्दैन, माई खोलामा यो १२÷१५ वर्षमा धेरै पानी बगिसक्यो । अब मलाई विश्वास छैन । तर, कोशिस त मान्छेले गरिराखेको हुन्छ । कोशिसलाई चेक गर्ने भनेको हामीहरुले राम्रो काम गरेर चेक गर्नुपर्छ,’– उनले भने ।
साथै, आफूले ज्ञानेन्द्र शाहलाई राजा नै भन्ने गरेको पनि सुनाए । अन्तर्राष्ट्रिय अभ्यासको पनि जानकारी गराउँदै उनले भने, ‘पूuर्व भन्नुस्, राजा भन्नुस् । पूर्वै हो । म चाहीँ राजा नै भन्छु । किनभने इन्टरनेशनल चलन के छ भने प्रेसिडेन्ट भइसकेको मान्छेलाई हामी नेपालीहरु चाहीँ पूर्व भन्छौं ।