काठमाडौं ।  सरकारका प्रवक्ता तथा सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा राजतन्त्र फर्किने सम्भावना नरहेको बताउँछन ।  शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

 पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो गतिविधिबारे टिप्पणी गर्दै उनले ‘आफ्नो हैसियत बिर्सनु’ जस्तै भएको बताए ।  उन 

उनले भने – ‘म फेरि फर्किन्छु’ जस्ता कार्यहरू वास्तविकताबाट विचलित भएको प्रमाण हुन् ।’ साथै मन्त्री गुरुङले आफ्नो परिवार र संस्थाको रक्षा गर्न नसक्नेले देशको रक्षा कसरी गर्ने ?

 मन्त्री गुरुङले भने– ‘हामीले दिएको उदार व्यवस्था उनले बिर्सिए ।  राजाले कसरी देश बचाउने ?  राजाले देश बचाएको संसारको कुन देश हो ?  आफ्नो ज्यान जोगाउन नसक्ने, आफ्नो दरबार र परिवारलाई जोगाउन नसक्ने राजतन्त्रको औचित्य के हो ?’ उनले राजतन्त्रलाई राजतन्त्र फिर्ता ल्याउन नसक्ने बताए ।